चितवन । महानगरपालिका वडा नं १९ मा पुनः मतदानको शनिबार बिहानसम्म गणना भएको २ हजार ७ मत समावेश गर्दा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६३९ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार २५२ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT


सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२६ मत पुगेको छ । त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४५ हजार १४०, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ३३८ र राप्रपाकी रिना गुरुङले ६ हजार ९९५ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो ।