सरकारले ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।


ADVERTISEMENT


बिहिबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिस अनुसार ११ जनालाई एआइजीमा बढुवा गरेको हो।


ADVERTISEMENT

# # #


बढुवा हुनेमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन्।