काठमाडौं – सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।


ADVERTISEMENT


रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।