काठमाडौँ – क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइतबार बार्बाडोस ट्रिडेन्सका लागि खेलेका छन्।


ADVERTISEMENT


सन्दीपले आइतबार गुयना अमाजोन वारियर्सविरुद्धको खेलमा एक ओभरमा मात्र बलिङ गर्ने मौका पाए। उनले छैटौं ओभरमा बलिङ गर्दा १ चौकासहित ५ रन दिए। उनले चार बल डट फ्याँकेका थिए।


ADVERTISEMENT

# # #


उनले बाँकी ओभरमा बलिङको मौका पाउन सकेनन्। बार्बाडोसका लागि जासन होल्डर, एसले नर्स, रोशोन प्रिमुस र रेमन रेफेरले ४–४ ओभर बलिङ गरेका थिए। जोश ललोरले ३ ओभर बलिङ गर्दा सन्दीप १ ओभरमा खुम्चिए।

खेलमा पहिले ब्याटिङ गरेको गुयनाले ४ विकेटको क्षतिमा १८० रन जोडेको थियो। १८१ रनको लक्ष्य पछ्याएको बार्बाडोस १६।४ ओभरमा १३३ रनमा अलआउट हुँदा ४७ रनले पराजित भयो।

बार्बाडोसका लागि एस्ले नर्सले सबैभन्दा बढी ४० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। सन्दीप दोस्रो बलमै रोमारियो सेफर्डबाट बोल्ड भएका थिए।

लिगमा गुयना र ट्रान्बागोले लगातार तीन खेलमा जित हात पारेका छन्। बार्बाडोस भने पहिलो खेलमै पराजित भएको हो।