काठमाडौँ – श्रींलकामा जारी एसीसी यू-१९ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालका रित गौतमले अर्धशतक प्रहार गरेका छन् । रितले शुक्रबार आयोजक राष्ट्र श्रीलंकाविरुद्ध अर्धशतक हानेका हुन् ।


ADVERTISEMENT


रितले ७२ बलमा अर्धशतक पूरा गरेका हुन् । जसक्रममा उनले ४ चौका प्रहार गरेका छन् । ओपनिङमा आएका रित गौतमले पवन सर्राफसंग पहिलो विकेटका लागि १६ रनको साझेदारी गरे । त्यसपछि आशिफ शेख पनि सस्तैमा समेटिएपछि दबाबमा आएको नेपाललाई उकास्नेक्रममा रितले कप्तान रोहित पौडेलसंग मिलेर उत्कृष्ट साझेदारी गरे । रित र रोहितले नटआउट ८९ रन भन्दा बढी रनको साझेदारी गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


यो समाचार तयार पार्दासम्म नेपालले २८ ओभरमा २ विकेट गुमाएर ११३ रनमा खेलिरहेको छ । रित गौतम ५३ नटआउट रनमा रहेका छन् भने रोहित ३७ रनमा खेलिरहेका छन् । पानी परेपछि खेल ४२ ओभरमा घटाइएको छ ।