काठमाडौँ – वीरगन्जमा एक छात्रा माथि एसिड प्रहार भएको छ । वीरगन्ज छाप्कैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहान ६ः३० दुई व्यक्तिले एसिड प्रहार गरेका हुन् ।


ADVERTISEMENT


शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेको प्रत्यदर्शीले बताएका छन् । एसिड प्रहारबाट मुस्कान गम्भीर घाइते भएकी छिन । उनलाई उपचारका लागि वीरगन्ज स्थित नारायण अस्पताल लगिएको थियो । तर, अस्पतालले प्रारम्भिक उपचार गरेर काठमाडौँ रिफर गरेको छ ।


ADVERTISEMENT

# # #


त्रिभुवन हनुमान मावीमामा कक्षा ९ मा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट एक साइटको भाग पुरै जलेको छ । मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय गाउँकै १६ वर्षिय संसाद मिया र १७ वर्षिय माजिद आलम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । युवक द्वयले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरी फरार भएका थिए फरारमध्ये एसिड प्रहार गर्ने मुख्य व्यक्ति संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार मजिदको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् । उनलाई थपउपचारको लागि काठमाडौं उपचार को निम्ति लगिएकोआफन्तले जनाएको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।