काठमाडौं । संविधानविद डा. भिमार्जुन आचार्यले संघीय व्यवस्था टिकाउनकै लागि युरोपियन युनियनबाट लिईएको ३ अर्ब भन्दा बढी अनुदान खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । फेसबुक अकाउन्टमा बिचार राख्दै आचार्यले शासन व्यवस्थामा नै लगानी गर्न पाउने मूलुक नेपाल बाहेक बिश्वमा अन्य शायदै नहोला भन्दै आपत्ति समेत जनाएका छन् ।
‘‘संघीयता कार्यान्वयनकालागि भनि युरोपियन युनियनमा आवद्ध तीन मुलुकले नेपाललाई ३ अर्ब भन्दा बढी रकम ४ वर्षकालागि अनुदान दिएको समाचार बाहिर आएको छ । शासन व्यवस्थामा नै लगानी गर्न पाउने मुलुक दाताहरुका लागि शायद दुनियाँमा अर्को नभेटिएला” उनले भनेका छन् ”तर हाम्रो तर्फ बुझ्न नसकिएको कुरा आफ्नो औकात र क्षमताले नभ्याउने व्यवस्थालाई अरुको ॠण र अनुदान मै भएपनि चलाउनै पर्ने वाध्यता के हो ? यसले हाम्रो निर्णय क्षमतालाई कहाँ पुर्याउँछरु शासन व्यवस्था नै अरूको ॠणमा सञ्चालित हुँदा राष्ट्रको स्वाधीनता र स्वायत्तता कहाँ जालारु ॠण दिने साहुको स्वार्थ हामीले कसरी पुरा गरौलारुब्यवस्था कार्यन्वयनको चार वर्ष मै यो हबिगत भएपछि अरू कतिञ्जेल हामी यसरी चलौला ?”
संविधानविद डा. आचार्यले नेपालका लागि संघीयता घातक रहेको भन्दै संविधानसभाको सुरुबाट नै सचेत गराउँदै आएका छन् ।