काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका महासचिव विष्णु पौडेलले


ADVERTISEMENT


मंगलबार दिउँसो सिंगापुर गएका छन् । प्रधानमन्त्री ओलीले भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् ।


ADVERTISEMENT

# # #


सिंगापुरमा प्रधानमन्त्रीको शरीरबाट निस्केको एन्टीबडी घटाउनका लागि गरिने ‘प्लाज्माफेरेसिस’ भइरहेको छ । अहिलेसम्म उनको छैटौंपटक ‘प्लाज्माफेरेरिस’ भइसकेको छ ।

चिकित्सकहरुले सात पटकसम्म ‘प्लाज्माफेरेसिस’ गर्नुपर्ने सुझाव दिए अनुसार अन्तिम पटकको बुधबार हुँदैछ । त्यसपछि पछिको अवस्था परीक्षण गरी प्रधानमन्त्री ओली शनिबारसम्म स्वदेश फर्किनेछ । महासचिव पौडेल प्रधानमन्त्रीसँगै फर्किनेछन् ।