काठमाडौँ – प्रहरी वरिष्‍ठ उपरीक्षक (एसएसपी) भीम ढकालले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । एसएसपी ढकाललाई प्रहरी प्रधान कार्यालयबाट उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी सहित पठाइएको हो ।


ADVERTISEMENT


निकै चुनौतिपूर्ण कार्य हुने भएकाले ट्राफिकको कार्यालयमा उत्कृष्ट प्रहरी अधिकारीलाई ल्याउने गरिन्छ । चुनौतिपूर्ण मानिने ट्राफिकमा सरकारले एसएसपी ढकाललाई बिश्वास सहित जिम्मेवारी प्रदान गरिएको अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


ढकालले यसअघि रौतहट, सप्तरी र झापा जिल्ला प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । झापालाई मदिरारहित जिल्ला बनाउने अभियानमा खटेर लागेका उनले आफ्नो नेतृत्वमा नमूना काम गरेर अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्बाह गरेका छन् । लागू औषध तथा तस्करी नियन्त्रणमा समेत उनले झापामा उदाहरणीय अभियान सञ्चालन गरिसकेका छन् । प्रहरीको प्रारम्भिक सुरक्षा अभियान तथा पीडितको साथी प्रहरी अभियान उनले झापामा चलाएका चर्चित सफल कार्यक्रमहरु हुन् ।

मधेश आन्दोलन चर्किएको बेला २ नम्बर प्रदेशका रौतहट तथा सप्तरी जिल्लाहरुमा प्रहरी प्रमु्खको जिम्मेवारी सम्हाल्दै ढकालले चुनौतिपूर्ण समयलाई प्रहरीको काबुमा ल्याएका थिए ।

ढकाल प्रहरी संगठनमा चुनौतिपूर्ण कमाण्ड सम्हाल्ने र सफलतापूर्वक जिम्मेवारी बहन गर्ने अब्बल प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

कर्तव्यमा अब्बलता र सफलता प्रस्तुत गरेकै कारण उनी धेरै पटक सम्मानित समेत बनिसकेका छन् ।

एक्सन, समन्वय र परिचालनमा अब्बल मानिएका एसएसपी भीम ढकालको आगमनसंगै चुनौतिपूर्ण रहेको काठमाडौं उपत्यकाको ट्राफिकमा रचनात्मक र सहज व्यवस्थापनको बिश्वास गरिएको छ ।