काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सोमबार टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ ।


ADVERTISEMENT


आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो ।
प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ ।


ADVERTISEMENT

# # #


आइतबार ुरुकुु भनिने अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो । आज लामिछाने र कँडेलसँग बयान लिनेछ । बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।