काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार नेपाल वायुसेवा निगमको जहाज खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । बैठकमा समितिका सदस्य र नेपाल वायु सेवा निगमका पदाधिकारी सहभागी थिए । तर, रिपोर्टिङका लागि गएका पत्रकारलाई प्रवेश दिइएन ।


ADVERTISEMENT


समितिका एक सदस्यका अनुसार वाइडबडीका विषयमा समितिले गरेको छलफलमा मिडियालाई किन प्रवेश नदिइएको भनेर केही सांसदले बैठकमा कुरा उठाए । जवाफमा सचिवालयले ‘सबैलाई खबर गरेको तर, खै कोही आएनन्’ भन्ने जवाफ फर्कायो ।


ADVERTISEMENT

# # #


तर, रिपोर्टिङका लागि गएका पत्रकारहरुलाई ‘सभापतिको निर्देशन’ भन्दै मर्यादापालकले ‘अन्तिममा तपाईहरुलाई जानकारी दिने भन्ने छ, अहिलेलाई गइदिनुस्’ भनेर ढोकैबाट फर्काए ।

बैठकपछि समितिकी सभापति पवित्रा निरौला (खरेल)ले वाइडबडीबारे समितिका सदस्यहरु नै स्पष्ट हुनुपर्ने भएकाले मिडियालाई नराखिएको बताइन् ।

‘कतिपय विषयमा माननीयहरु हामी नै स्पष्ट थिएनौं, त्यसलाई स्पष्ट गर्नका लागि पनि हामी मात्रै बसेर छलफल गर्नुपर्ने बाध्यता भएकाले यस्तो गरेको हो । सभापति खरेलले प्रष्टीकरण दिइन् ।