काठमाडौं । विगत ८ महीनादेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख जिम्मेवारीमा रहेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) सन्दिप भण्डारीको भव्य समारोहकाबीच आईतबार विदाई गरिएको छ ।


ADVERTISEMENT


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा नयाँ मुकाम तोकिएपछि एसएसपी भण्डारीलाई विमानस्थलको जिम्मेवारीबाट औपचारिक रुपमा विदाई गरिएको छ ।


ADVERTISEMENT

# # #


अन्तराष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा उनी अब्बल र सफल प्रहरी अधिकारीको छवीले चिनिन्छन् । चुनौतीपूर्ण जिम्मेवारीमा अब्बलता र कुशलता प्रस्तुत गरेका भण्डारी सफलताका पछाडि मातहतका सम्पूर्ण प्रहरी जवान, हवल्दार, जुनियर अधिकृतसहित सम्पूर्ण अधिकृतहरुको ठूलो भूमिका र टिम वर्क रहेको बताउँछन् ।  विमानस्थलमा रहँदा एसएसपी भण्डारीले ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन तथा विदेशी पर्यटकले विमानस्थलमा भाषाका कारण समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यका साथ प्रहरीलाई विभिन्न भाषाको तालिम समेत उपलध गराएका थिए ।

विदाई कार्यक्रममा भण्डारीले आफूँसंग सहकार्य गर्ने नागरिक उड्यन प्राधिकरण, त्रिभुवन अन्तर्राष्टृय विमानस्थल नागरिक उड्यन कार्यालय, अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षाका तथा अन्य निकायहरुको विभिन्न तहका विमानस्थलमा कार्यरत सबैलाई आभार प्रकट गरेका छन् ।

”यदी मेरो संगठन प्रमुख अनि गृह मन्त्रालयको प्रशासनिक तथा राजनीतिक नेतृत्वको अभिभावकत्व मलाई हुदैन थियो भने मैले जुन आँटका साथ काम गरें त्यो सम्भव हुने थिएन” एसएसपी भण्डारीले भनेका छन् ”यसका निम्ती म श्रद्धेय प्रहरी महानिरीक्षकज्यु , महानगरीय प्रहरी कार्यालयका प्रमुख रहनु भएका श्रद्धेय नायब महानिरीक्षकज्यु , श्रीमान गृह सचिवज्यु अनि माननीय गृहमन्त्रीज्यु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । राम्रा कामहरुको चर्चा गरेर हामिलाइ हौसला दिने मात्रै नभएर त्रुटी कमजोरी हुँदा औँल्याउने संचारकर्मी तथा संचार माध्यमहरुलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । हाल विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हाली रहनु भएका प्रहरी नायव महानिरिक्षकज्युको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु ।”

विदाई समारोहमा उपस्थित सबैले सक्षम प्रहरीमा हुनुपर्ने गुण सहित ऊर्जावान व्यक्तिका रुपमा एसएसपी भण्डारी सफल रहेको बताएका छन् ।

एसएसपी भण्डारीलाई विदाई गर्दै विमानस्थलका अन्तर्राष्ट्रिय अडिटर तथा नागरिक उड्डयनसम्बन्धी विज्ञ भरत ढकालले एसएसपी भण्डारी सक्षम प्रहरीमा हुनुपर्ने गुण भएको ऊर्जावान व्यक्ति भएको बताए । अब नयाँ र थप चुनौतीपूर्ण जीवन यात्रा बाँकी रहेको उल्लेख गर्दै उनले आगामी यात्राका लागि शुभकामना दिए ।

यस्तै विमानस्थलका निमित्त जिएम प्रताप तिवारीले आफ्नो जिम्मेवारीमा जस्तोसुकै बाधाहरु आएपनि पछि नहटि सामना गर्ने व्यक्तिमध्येको एक एसएसपी भण्डारी रहेको भन्दै तारिफ गरे । उनले भण्डारीले विमानस्थलको सुरक्षाका निम्ति निकै संयमतापूर्वक काम गर्ने, सधैँ सकारात्मक तथा रचनात्मक कामहरु गर्ने र हरेक कुरालाई व्यवस्थापन गरेर अगाडि बढ्ने व्यक्ति भएको बताए ।

यस्तै त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका सुरक्षा प्रमुख प्रकाश ढकालले छोटो समयमा सुरक्षा सुदृढिकरण गरेर विमानस्थलको सुरक्षाका क्षेत्रमा अद्वीतीय काम गरेको बताए । यस्तै विभिन्न एयरलाईन्सका तर्फबाट बुद्ध एयरका मेनेजर दिलीप खड्का र अन्तर्राष्ट्रि एयरलाईन्सका तर्फबाट सेनलगायत विभिन्न पदाधिकारीले एसएसपी भण्डारीले गरेका कार्यहरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।