भक्तपुर – मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी चारदोबाटोमा मोटसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बा७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा६७ प ६७५४ नम्बरको स्कुटर शुक्रबार बिहान एक आपसमा ठक्कर खाएका थिए ।


ADVERTISEMENT


दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटार बस्ने २२ वर्षीय राजेश गोजाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढी बस्ने ३१ वर्षीय प्रबिण लोहलाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।