जनकपुरधाम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताएका छन् ।


ADVERTISEMENT


प्रेस सेन्टर नेपाल धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्नेमा जोड दिए । मधेसको मागलाई सम्बोधनका गर्न अघि सारिएको संविधान संशोधन विधेयकलाई पारित गराउन प्रयास जारी रहेको पनि पूर्वप्रधानमन्त्री दाहालले बताए।


ADVERTISEMENT

# # #


एक प्रश्नका जवाफमा उनले ‘ एक मधेस, एक प्रदेश’को माग आफ्नो दलको लाइन नभएको स्पष्ट गरे । दुई नं प्रदेशको मुख्य केन्द्र जनकपुरधामलाई महानगरपालिका घोषणा गरी विकासका योजना कार्यान्वयनका लागि आफ्नो दलले पहल गरिरहेको जानकारी पनि उनले दिए ।