काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT


पत्रकार पुडासैनीको आत्महत्या प्रकरण चौतर्फी सरोकारको विषय बनेकाले सरकारले छानविन आयोग गठन गरेर अनुसन्धान थाल्नुपर्ने नेता महरले बताए । उनले भने, ‘यति ठूलो सरोकारको विषय बनिसकेपछि सरकारले उच्चस्तरीय स्वतन्त्रन गरेर जाँच बुझ अगाडी बढाउनु पर्छ ।’


ADVERTISEMENT

# # #


माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पत्रकार रवी लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

त्यही भिडियोलाई आधार मानेर लामिछानलेसहित तीनै जनालाई प्रहरीले गत विहीबार सोधपुछका लागि भन्दै पक्राउ गरेको थियो ।

महरले पीडितलाई न्याय दिन र निर्दोषलाई नफसाउनका लागि तथ्यपरक र पुर्वाग्रहविहीन ढंगले अनुसन्धान थाल्नुपर्ने बताए । उनले भने, ‘तथ्यपरक र पुर्वाग्रह विनाको पारदर्शी छानविनले निकालेको निष्कर्षले पुडासैनीको परिवार र रवि लामिछाने लगायतले न्याय पाउँछन् ।’