काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारता र सहिष्णुता देखेर नहौसिन संविधान र व्यवस्थाविरोधी तत्वहरुलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चाहेको खण्डमा संविधानको, व्यवस्थाको, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन पनि पछि नपर्ने बताए ।  उनले भने, ‘सरकारको उदारता र सहिष्णुताबाट लोकतन्त्र, गणतन्त्र, संघियता, संविधान र जनताको शासनविरोधी क्रियाकलापहरु सञ्चालन गर्ने तत्वहरु नहौसिए हुने हो ।’


ADVERTISEMENT

# # #


सरकार आलोचना खेप्न तयार रहेपनि आलोचनाका नाममा व्यवस्था र प्रणाली विरुद्धबोल्ने कुरा सरकारलाई मान्य नहुने बताए ।

‘संवैधानिक दायराभित्र चल्ने कुरामा यो सरकार अत्यन्त प्रशसन्नतापूर्वक विरोध र आलोचनाको पनि स्वागत गर्दछ ।’ उनले भने, ‘तर, सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन ।’

उनले चिहानमा गएर हड्डी फकेर त्यो संस्था फर्काउँछु भनेर उफिँदैमा केही गर्न नसक्ने भन्दै उनले भने, ‘यो बेमौसमको बाजा नबजाए हुन्थ्यो ।’