काठमाडौँ – वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिएको छ । ९७ वर्षीय दिक्षितको बिहीबार आजै निधन भएको थियो ।


ADVERTISEMENT


साहित्यकार दिक्षितलाई पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेल परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराईले पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको अन्तिम श्रद्धान्जलीका लागि पशु्पति आर्यघाटमा नेकपाका नेता रघु पन्त, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती लगायतका उच्च पदस्थ व्यक्तिहरू, साहित्यकार, पत्रकार तथा सर्वसाधरण समेत पुगेका थिए ।


ADVERTISEMENT

# # #


निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।