काठमाडौँ – प्रहरीले काठमाडौंको स्वयम्भूमा गोली हानेर दुई युवालाई पक्राउ गरेको छ । स्वयम्भूको बिजेश्वरी हाउजिङमा रहेका लोप्साङ भनिने मिलन तामाङलाई दुई गोली हानेर पक्राउ गरेको छ । यस्तै लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेको छन् ।


ADVERTISEMENT


रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिएको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार घुँडामूनि गोली लागेका लोप्साङको ट्रामा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाले बताए।