काठमाडौँ – बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । अन्य २ जना हराइरहेका छन् ।


ADVERTISEMENT


आइतबार रातीको अविरल वर्षापछि गएराति आएको पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको हो । घरमाथिबाट पहिरो खसेपछि घरमा सुतिरहेका पञ्चकुमारी श्रीपाइली (४५) , असारी श्रीपाइली (७०) र प्रवीण श्रीपाइली (१२) को मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


यस्तै पहिरोमा परी ७ जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

तुरतुरे ताल फुट्यो, मध्यपहाडी लोकमार्ग बगायो

गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेको छ । अविरल वर्षासंगै ताल फुटेकाले बडिगाड खोलामा बाढीले मध्यपहाडी राजमार्ग नै बगाएको हो । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो ।

बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत गर्ने बाग्लुङ–बुर्तिवाङ सडक भत्काएको छ । प्रमुख जिल्लाअधिकारी क्षेत्रीले ताल भत्किएपछि पानीको सतह एक्कासी बढेको र त्यसले मध्यपहाडी लोकमार्ग भत्काएको जानकारी दिए ।

तस्बिर : अनिश शर्मा