काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्काटाले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै खर्चमा उपचारका लागि सिंगापुर गएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्काटाले प्रधानमन्त्री ओलीलाई दोहोरो प्लेन खर्चबाहेक अन्य खर्च सरकारले नव्यहोको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘कर्मचारीबाहेक अन्य कसैको टीएटीए स्वीकृत गरिएको छैन । प्लेन खर्च आउने जाने मात्रै हो । उहाँको बाँकी त्यसमा निजी खर्च हुनेछ’ मन्त्री बाँस्कोटाले भने, ‘यसमा कुनै अलमल वा भ्रम छैन । प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफ्नै व्यवस्थापनबाट गर्नुहुन्छ ।’

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।