काठमाडौँ – हिमानी ट्रष्टले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्नै ट्रष्टकी अध्यक्ष तथा पूर्वराजा ज्ञानेन्द्रकी बुहारी हिमानी शाहले उक्त पुस्तक विमोचन गरेकी हुन् ।


ADVERTISEMENT


ज्ञानेन्द्रले लेखेको उक्त पुस्तकको नाम ‘सन्देश संग्रह’ रहेको छ । पुस्तकको मूल्य भने निकै महंगो रहेको छ । पत्रकारसम्मेलनमा जानकारी गराइए अनुसार पुस्तकको मूल्य ५ हजार ५ सय ५५ रहेको छ । तर, त्यो भन्दापनि बढी तिरेर किन्न सकिनेछ ।


ADVERTISEMENT

# # #


पुस्तक बिक्रीबाट उठेको पैसा ट्रष्टमा जाने अध्यक्ष हिमानी शाहले जानकारी दिइन् ।