कामठाडौँ – प्रहरी प्रधान कार्यालयका अनुसार अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, मोरङ, रुपन्देही, कैलाली, नवलपरासी (पूर्व), सिन्धुपाल्चोक, डडेल्धुरा, पर्वत, म्याग्दी, बाग्लुङ र बाँकेका विभिन्न टावरमा विस्फोट तथा आगजनी भएको हो।


ADVERTISEMENT


विस्फोट तथा आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका–१ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति १ बजेतिर अज्ञात समुहले टावरमाथि आगजनी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

ई वटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमाथि आग्जनी गरिएको दर्नालनको भनाइ छ । घटनाको जानकारी पाउनासाथ प्रहरी पुगेर धेरै क्षति हुनबाट बचाएको प्रहरीको भनाइ छ । मंगलबार राति पनि मेलम्ची नगरपालिका १० शिखरपुरको वडा कार्यालयमा आगजनी भएको छ । त्यसको पनि अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

रुपन्देही – रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउँमा रहेको एनसेलको टावर पूर्ण रुपले ध्वस्त भएको छ । ईलाका प्रहरी लुम्बिनीका अनुसार राती २ बजेतिर आगो लगाइएको थियो ।

अर्घाखाँची – अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा आगजनि भएको छ । आगोलागीबाट टावरमा क्षति भएको प्रहरीको भनाइ रहेको छ ।

पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको कावासोती–१० मगरकोटमा रहेको एनसेलको टावर गय राति अज्ञात समुहद्वारा आगजनि गरेको छ ।आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

धादिङ – धादिङको धुनिवेशी नगरपालिका-४ देवीस्थानको एनसेल टावरमा बिहीबार बिहान साढे ५ बजे तोडफोड गरिएको छ। तोडफोडबाट जेनेरेटर, ब्याट्री र तारहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

धादिङको सिद्धलेख गाउँपालिका-६ एनसेल टावरमा बुधबार राति साढे ११ बजे आगजनी र तोडफोड गरिएको छ।

डडेल्धुरा – बुधबार राति ११:४५ बजे डडेल्धुराको आलिताल गाउँपालिका-२ काफलीको एनसेल टावरमा आगजनी गरिएको छ। टावरमा आगो लागेपछि नेटवर्क अवरूद्ध भएकाले खटिएको प्रहरी टोलीसँग सम्पर्क नभएको प्रहरीले जनाएको छ।

मोरङ – मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका( ६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

यस्तै कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा समेत एनसेलको टावर आगजनी भएको छ ।  विप्लव समूहले बुधबार केही जिल्लामा बन्द आह्वान समेत गरेको थियो ।