काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । लामो समयदेखि रिक्त रहेको पर्यटन मन्त्रालयमा उनले नयाँ मन्त्री चयन गरेका हुन् ।


ADVERTISEMENT


नेकपाका युवा नेता योगेश भट्टराई मन्त्री बनेका छन् । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका हुन् । उनको अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ हुँदैछ ।


ADVERTISEMENT

# # #


गत फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।

अधिकारीको मृत्युपछि मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।