काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सभामसख कृष्ण बहादुर महरा सरकारको छायाँजस्तै बनेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदद्वारा बैठक अवरुद्ध गरेपछि बोल्दै थापाले सभामुख महराले संसदमा स्वतन्त्र रुपले निर्णय गर्नसक्नेमाथि शंका पैदा भएको उल्लेख गरे । ‘कुनैपनि कोणबाट संसद अवरुद्ध होस् भन्ने हाम्रो चाहना होइन । सरकारबाट लिनुपर्ने थुप्रै स्पष्टकरण र प्रश्नका जवाफ छन् ।’ संसद सत्तपक्ष भन्दा पनि प्रतिपक्षलाई बढी चाहिएको भन्दै उनले भने, ‘तर हाम्रा अगाडी सभामुखले संसदमा स्वतन्त्र रुपमा निर्णय गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न आयो ।’


ADVERTISEMENT

# # #


कांग्रेस र राजपाले सर्लाहीका घटनालाई लिएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएका छन्। तर, सरकारले छानविन समिति बन्न नसक्ने बताएको छ । यसैको विरोधमा प्रतिपक्षीले संसद अवरुद्ध गरिरहेका छन् ।

सुरुमा छानबिन समिति बन्ने भनेपनि पछि त्यसबाट सभामुख पछि हटेको भन्दै उनले असन्तछुष्टि जनाए । ‘सभामुखले गएर सरकारलाई सोध्नु भयो । त्यसकारणले गर्दा हामीले भन्यौँ– सभामुख सरकारको छायाँ हुनुभयो ।’ सांसद थापाले भने, ‘यो सदनभित्र सभामुख हामी सबैको नेता हो । सभामुख यहाँ कुनै दलको सदस्य होइन । तर सभामुखे यहाँ त्यो व्यवहार गर्न सक्नु भएन ।’

उनले अहिले आफूहरुले उठाएका प्रश्नको जवाफ खोजिएन भने सदन झनझन सरकारको छायाँ बनेर बस्ने दाबी गरे । यसअघि पेट्रोलियम पदार्थको सामान्य मूल्य वृद्धि हुँदा पनि त्यतिबेला प्रतिपक्ष रहेका वर्तमान सभामुख महराले छानबिन समति चाहियो भन्दा त्यसको अध्ययन गर्न छानविन समति बनाइएको स्मरण गरे ।

‘तत्कालीन सुशिल कोइराला प्रधानमन्त्री र सुवासचन्द नेम्बाङ सभामुख हुँदा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे अभ्ययन गर्न संसदीय छाबिन समिति बनाइएको छ । बाराको एउटा दुर्घटनाको अनुसन्धान गर्न संसछदीय छानबिन समिति बनाइएको छ ।’ उनले भने ‘अहिले गृहमन्त्रीले जवाफ दिइसकेपछि राज्यको चरित्रसंग जोडिएको मौलिक विषयमा, संविधानको उल्लंघनको विषयमा, राज्यले बलको दुरुपयोगको विषयमा पनि छानिबन समिति बनाउँ भन्दा यसलाई प्रतिष्ठाको विषय बनाउने ?’

छानविन समिति सरकारले नभई सदनले बनाउने विषय भएको भन्दै उनले छानबिन समिति नबनेसम्म सम्झौता नगर्ने बताए ।