बारा – बारामा नक्कली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति आदर्शकोतवाल गाउँपालिका–५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका–८ बीरेन्द्रनगरका पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित पक्राउ गरेको हो ।


ADVERTISEMENT


सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली हुन सक्ने आशंकासहित होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रहरीले अनुसन्धान पश्चात न्यौपानेलाई नियन्त्रणमा लिई जाँच गर्दा थप हजार दरका थप ३ वटा नक्कली नोट सहित फेला पारेपछि पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।