झापा – झापाको बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् । उनले आइतबारदेखि नै प्रिन्सिपलको जिम्मेवारी पनि सम्हालेका छन् ।


ADVERTISEMENT


यसै शैक्षिक सत्रबाट पहिलो पटक बिएण्डसी मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी गरेको छ ।अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको नियक्तिपत्र हस्तान्तरण गरेका थिए । काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लामो समयसम्म काम गरेका प्राध्यापक डा. उप्रेतीले बी एण्ड सीको जिम्मेवारीले आफूलाई थप हौसला प्रदान गरेको बताए ।


ADVERTISEMENT

# # #


नियुक्तिपछि बोल्दै उनले बिएण्डसी मेडिकल कलेजबाट दक्ष चिकित्सक उत्पादन गर्ने अठोटसमेत गरेका छन् । आफ्नो शैक्षिक अवस्था, बाल्यकाल र शिक्षण अस्पतालमा भोगेको विगतबारे चर्चा गरेका डाक्टर उप्रेतीले सबैसँग मिलेर नयाँ जोश र जाँगर लिएर काम गर्न आफू झापा आएको बताए ।

हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले अबको एक दशकभित्र दुई लाख नागरिकलाई रोजगारी दिने हिसाबले आफू अघि बढिरहेको बताए । यसै शैक्षिक सत्रबाट अध्यापान सुरु गर्ने तयारीका साथ अस्पतालले प्रोफेसर ल्याउने क्रमलाई तिब्रता दिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।