काठमाडौँ – सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोट प्रतियोगिता अन्तर्गत आयोजक सिंगापुर र कुवेतबीचको खेल रद्द भएको छ ।


ADVERTISEMENT


टस हुनुअगावै पानी परेर मैदान भिजेपछि खेल रद्द गरिएको हो । खेल रद्द भएसंगै दुबै टिमले १–१ अंक बाँडेका छन् । यसअघि सिंगापुरले एक खेलमा जित हात पारेको छ । उसले पहिलो खेलमा कतारलाई ३३ रनले हराएको थियो ।


ADVERTISEMENT

# # #


यता कुवेत भने पहिलो खेलमा मलेसियासंग ४२ रनले पराजित भएको थियो । यता प्रतियोगिताकै दाबेदार मानिएको नेपालले कतारसंग ४ विकेटको अप्रत्यासित हार ब्यहारेपछि आगामी चरणमा पुग्ने सम्भावना कठिन बन्न पुगेको थियो । तर, कुवेत र सिंगापुरले अंक बाँडेसंगै दाबेदार टोली नेपाललाई केही राहत मिलेको हो ।

अब नेपालले ग्लोबल छनोटमा पुग्नका लागि जारी प्रतियोगिताका सबै खेल जित्नुपर्नेछ ।