काठमाडौँ – प्रभु बैंकले वीर अस्पतालमा बैंकिङ्ग सेवा सहितको २४ घण्टे क्यास काउण्टर सञ्चालनमा ल्याएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहका बीच उक्त क्यास काउन्टरको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


बैँक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालविच शुक्रबार भएको सम्झौतापछि बैँकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा वीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन् ।