काठमाडौँ – अहिले सामाजिक सञ्जालमा चारैतिर चर्चाको विषय बनेको छ ‘फेस एप’ । किशोरदेखि वयस्कसम्मले आफ्नो वृद्ध अवस्थामा हुने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । सर्वसाधारणदेखि सेलिब्रटीसम्म आफ्नो वृद्ध तस्बिर देखेर रमाइरहेका छन् ।


ADVERTISEMENT


तपाईले पनि एक पटक त प्रयोग गर्नुभयो होला । तपाईले एउटा आफ्नो फोटोमात्रै अपलोड गर्नुभएको छैन । आफ्नो सम्पूर्ण गोपनियता पनि अपलोड गर्नुभएको छ । एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुका अनुसार प्रयोगकर्ताका सम्पूर्ण डेटाहरु यसले आफ्नो सर्वरमा राखेको हुन्छ । जसले गर्दा प्रयोगकर्ताले गोपनियतासम्बन्धी समस्या झेल्नुपर्ने हुन्छ ।

के हो फेस एप ?

फेस एप एक मोबाइल एप्लिकेसन हो । जसले फोटोलाई सम्पादन गर्दछ । यो सन् २०१७ मै सार्वजनिक गरिएको थियो । रसियाको सेन्टपिटर्सवर्गस्थित एक कम्पनीले यसको विकास गरेको थियो ।

फोटो सम्पादन गर्ने अन्य एप पनि छन् । तर, यो किन त्यतिधेरै लोकप्रिय बनेको छ रु यो यसकारण भाइरल भइरहेको छ कि यो एपसंग एउटा ‘ओल्ड एज’ फिल्टर रहेको छ । जसले तपाईको फोटालाई वृद्धअवस्थामा परिवर्तन गर्दछ । ‘आर्टिपिसियल इन्टेलिजेन्स’को मदतमा यसले काम गरिरहेको छ ।

एपले तपाईको फोटो ग्यालरीमा रहेका तस्बिरहरु उपयोग गर्न सक्छ वा तपाई एपभित्रै पनि एउटा तस्बिर खिच्न सक्नु हुनेछ। निःशुल्क सेवाले एआईको प्रयोगबाट तपाईको फोन ग्यालरीमा रहेको तस्बिर सम्पादन गरी दोब्बर वा तेब्बर उमेरको स्मार्ट व्यक्तिका रुपमा तपाईलाई प्रस्तुत गर्ने क्षमता राख्छ। यसले तपाईँको कपालको रंग पनि परिवर्तन गर्न सक्छ। तपाईँलाई यो हेर्नका लागि पनि अनुमति दिन्छ कि तपाई दाह्रीका साथ कस्तो देखिनु हुन्छ ?

आइओएस र एन्ड्रोइडमा फेस एप अहिले सबैभन्दा बढी डाउलोड हुने एप्स मध्येको एक रहेको छ । – एजेन्सी