रुपन्देही – बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मूर्ति गए राती तोडफोड भएका छन् ।


ADVERTISEMENT


तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटी देखि मंगलापुर सम्म बुद्धका मूर्ति राखिएका थिए ।


ADVERTISEMENT

# # #


गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमूर्ति अनावरण गरेका थिए ।

सडकको मेडिएनमा राखिएका बुद्धमूर्ति मध्ये गएराती शंकरनगर चोक देखि नयामिलसम्मका ३ वटा मूर्ति क्षतविक्षत हुने गरी फुटाइएको छ ।

उक्त मुर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन।