काठमाडौँ – १२औं संस्करणको आइसिसी क्रिकेट विश्वकपको ‘ड्रिम टिम’ घोषणा गरिएको छ। क्रिकेट विश्वकप २०१९ सकिएको भोलिपल्ट आइसिसीले न्युजिल्यान्डका कप्तान केन विलियमसनको नेतृत्वमा टिम घोषणा गरेको हो।


ADVERTISEMENT


टिममा च्याम्पियन टिम इंग्ल्यान्डका चार खेलाडी परेका छन्। यस्तै उपविजेता बनेको न्युजिल्यान्डका तीन खेलाडीपर्दा भारत र अस्ट्रेलियाका २(२ खेलाडी टिममा छन्। बंगलादेशका एक खेलाडीले पनि टिममा स्थान पाएका छन्।


ADVERTISEMENT

# # #


टिममा पाँच जना तीव्र गतिका बलरले स्थान बनाउदा विशेषज्ञ स्पिनरलाई समावेश गरिएको छैन।

रोहित शर्मा (भारत)
भारतका ओपनर रोहित शर्मा ओपनरको रुपमा टिममा छन्। उनले विश्वकपमा पाँच शतक प्रहार गर्दा ६४८ रन बनाए। उनी विश्वकप २०१९ का सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहे।

जासन रोए (इंग्ल्यान्ड)
इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान रोएले अर्का ओपनर जोनी बायरस्टोसाग तीन पटक शतकीय साझेदारी गरे। उनले विश्वकपभर ७ इनिङमा ४४३ रन बनाए।

केन विलियमसन (कप्तान, न्युजिल्यान्ड)
कुशल कप्तानी गरेका उनले न्युजिल्यान्डलाई फाइनलसम्मको यात्रा गराए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका उनले ५७८ रन प्रहार गरेका थिए।

जोए रुट (इंग्ल्यान्ड)
इंग्ल्यान्डलाई विश्वकप जिताउने क्रममा रुटले ११ इनिङमा ५५६ रन जोडे। चार नम्बरमा उनको ब्याटिङ तारियोग्य रह्यो।

सकिब अल हसन (बंगलादेश)
बंगलादेशका लागि सकिबले सानदार प्रदर्शन गरे। उत्कृष्ट अलराउन्डरको भूमीकामा देखिएका उनी विश्वकपमा ५ सय रन कटाउने र १० विकेट लिने पहिलो क्रिकेटर बने।

बेन स्टोक्स (इंग्ल्यान्ड)
इंग्ल्यान्डका अलराउन्डर स्टोक्सको प्रदर्शन तीनै क्षेत्रमा राम्रो रह्यो। उनले बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो खेल्दा इंग्ल्यान्डले पहिलो पटक विश्वकप जित्यो।


एलेक्स कोरी (विकेटकिपर, अस्ट्रेलिया)
कोरीले चुस्त विकेटकिपङ गर्न सफल भए। महेन्द्रसिंह धोनी, जोस बटलर र शाइ होप जस्ता उत्कृष्ट विकेटकिपरको युगमा कोरीले आफूलाई पनि स्थापित गरे। उनले ९ इनिङमा ३७५ रन जोडे।

मिचेल स्टार्क (अस्ट्रेलिया)
अघिल्लो संस्करणको सर्वोत्कृष्ट खेलाडी स्टार्कले यसपटक पनि उत्कृष्ट बलिङ गरे। उनी प्रतियोगिताभर १० खेलमा २७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बने। एक विश्वकपमा एकै खेलाडीले २७ विकेट लिएको यो पहिलो पटक हो।

जोफ्रा आर्चर (इंग्ल्यान्ड)
इंग्ल्यान्डलाई विश्वकप जिताउन तीव्र गतिका बलर आर्चरको महत्वपूर्ण भूमिका रह्यो। उनले प्रतियोगिताभर २० विकेट लिन सफल भए। उनी इंग्ल्यान्डका लागि बढी विकेट लिने खेलाडी बन्न सफल भए।

लकी फर्ग्युसन (न्युजिल्यान्ड)
लकी फर्ग्युसनले न्युजिल्यान्डलाई फाइनलसम्म पुर्‍याउने क्रममा एकै नासको बलिङ गरे। उनले फाप डु प्लेसिस, डेभिड वार्नर र स्टिभ स्मिथ जस्ता ब्याट्सम्यानलाई दबाबमा राखेका थिए। प्रतियोगितामा उनले २१ विकेट लिँदै बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहे।

जसप्रित बुमराह (भारत)
भारतका लागि विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडी मध्ये बुमराह एक हुन्। उनले प्रतियोगिताभर १८ विकेट लिए। विश्वकपकै दौरान उनी एकदिवसीय खेलमा सय विकेट लिएर भारतका लागि छिटो सय विकेट लिने दोस्रो तीव्र गतिका बलर बनेका थिए।

१२औं खेलाडी : ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)
इन स्विङ्गिङ योर्कर गर्ने शैलीमा बोल्ट जमे। उनले १७ विकेट लिन सफल भए।