काठमाडौं – निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्डीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।


ADVERTISEMENT


रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।


ADVERTISEMENT

# # #


इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाएपछि रोमाञ्चक सुपर ओभरबाट विश्वविजेतको टुंगो लागेको लगाइयो।

सुपर ओभर बराबरी

सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे।

न्युजिल्यान्डका लागि सुपर ‌ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गरेका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए।

पहिलो बल बाइड भयो। दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १४ रन जोडे। अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो। जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट भए। उनले १ रन मात्र लिँदा सुपर ओभर समेत बराबरी भयो।

जसकारण इंग्ल्यान्ड बढी बाउन्ड्रीको आधारमा च्याम्पियन बन्यो। इंग्ल्यान्डले सुपर ओभरमा २ बाउन्ड्री हान्दा न्युजिल्यान्डले १ बाउन्ड्री प्रहार गर्‍यो।

त्यसअघि पनि बराबरी

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।

न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो ।

उसको सुरूवात खराब रह्यो । ८६ रन जोड्दा ४ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले ११० रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।

ट्रेन्ट बोल्टले सुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।

पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।