काठमाडौं – विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि न्युजिल्यान्डले घरेलु टोली इंग्ल्यान्डलाई २४२ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४१ रन बनाएपछि इंग्ल्यान्डले सामान्य चुनौती पाएको हो ।


ADVERTISEMENT

# # #


न्युजिल्यान्डका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए । कप्तान केन विलियम्सनले ३० रन बनाउँदा मार्टिन गुप्टिल र जेम्स निसामले समान १९–१९ रनमा आउट भए ।

न्युजिल्यान्डको सुरुवात भने खराब रह्यो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

न्युजिल्यान्डका मध्यम क्रमका ब्याट्सम्यान चल्न सकेनन् । जसले गर्दा इंग्ल्यान्डले सामान्य चुनौती पाएको हो ।

बलिङतर्फ क्रिस वोक्सले तीन विकेट लिए । निकै किफायती बलिङ गरेका उनले ९ ओभरमा ३७ रन खर्चिएर तीन विकेट लिएका हुन् । त्यस्तै, लियाम प्लुंकेटले पनि तीन विकेट लिए ।