काठमाडौँ – नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आईफा अवार्ड कार्यक्रम स्थगन् गरेकोमा आक्रोश पोख्दै नेपाल सरकार दोषी भएको र नेपालीहरु पनि दोषी भएको प्रतिक्रिया दिएका छन्


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्द डा. दिक्षितले आईफा अवार्ड स्थगन गर्दा विस्तारै सुध्रन लागेको नेपाल–भारत सम्बन्ध पनि बिग्रने ठोकुवा गरे । उनले भारतसँग नेपालको महत्वपूर्ण सम्बन्ध रहेको सुनाए । तर, आईफा अवार्डबारे सुरुवातदेखि नै विरोध हुनु र यो विषय मन्त्रिपरिषद हुँदै संसदसम्म पुग्नु गलत भएको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


‘आईफा अवार्ड नगर्न संसदीय समितिले निर्देशन दिनु गलत काम भयो ।’ उनले भने, ‘आईफामार्फत भारतसँग सम्बन्ध सुध्रिन थालेको थियो । त्यो पनि अब बिग्रिने भयो ।’ आफूहरुले सन १९९६ मा काठमाडौंमा भारतीय चिकित्सकहरुको सम्मेलन सफल रुपमा आयोजना गरेर देखाएको स्मरण गरे । उनले आईफा अवार्ड सञ्चालन गर्न नेपालले पैसाभन्दा पनि ईज्जत दिनुपर्ने थियो भन्ने धारणा राखे ।

संसदीय समितिले अवार्ड नगर्न दिएको निर्देशनप्रति टिप्पणी गर्दै दिक्षितले समितिको निर्णय पूर्ण रुपमा गलत भएको गुनासो पोखे । नेपाल सरकारले कार्यक्रमको लागि पैसा दिन्छु भनेर लोभ्याउन खोज्नु नै गलत भएको उनको दाबी छ । अवार्ड कार्यक्रम नै रद्द गर्दा नेपालको ईज्जत धुमिल भएको दिक्षितको आरोप छ । उनले भने,‘यो कार्यक्रम रद्द गर्दा नेपालको ईज्जत कहाँ पुग्यो ? हाम्रो ईज्जत खत्तम भयो । यो अवार्ड नेपालमा आयोजना गर्नु भनेको सुन पार्ने कुखुरा थियो, तर हामीले कुखुरा नै काटिदियौं ।’

उनले कार्यक्रम नै रद्द गर्दा संसारभरि नेपालको बारेमा नराम्रो सन्देश जाने पनि खतरा औंल्याए ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री एन.पी. साउदले आईफा अवार्ड नेपालमा गर्नुपर्छ भनेर यदि भारतीय पक्षले आग्रह गरेको भए त्यसमा नेपाल सरकारले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । नेपालको पर्यटन प्रर्वद्धन तथा विकासमा पनि उक्त अवार्ड नेपालमा हुँदा उपयुक्त हुने उनको धारणा थियो ।

यस्तै चलचित्रकर्मी नवल खड्काले आफूहरुले आईफा अवार्ड नेपालमा हुनै हुँदैन भनेर विरोध नगरेको स्पष्ट पारेका छन् । तर, सरकारले जनताको करलाई दुरुपयोग गर्नेगरि ठूलो धनराशी खर्चिन खोजेकोले विरोध जनाएको उनले स्पष्ट पारे ।