काठमाडौँ – यस वर्षको पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पाराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ उत्कृष्टमा फुटबलकी सात्रिता भण्डारीले जितेका छन् ।


ADVERTISEMENT


युकेशले क्रिकेटका पारस खड्का, सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।


ADVERTISEMENT

# # #


गुरुङले १८ औं एसियाली खेलकुद (एसियाड)मा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष इभेन्टमा रजत पदक जितेका थिए । एसियाडमा नेपाललाई २० वर्षपछि रजत जिताउँदा पाँच मध्ये चार चरणमा गोल पूरा गरेका थिए ।

त्यस्तै उनले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक स्कोर गरेका थिए । युकेशले स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरेसी वर्ल्ड कपमा कास्य पदक पनि जितेका थिए ।

यस्तै साबित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ, जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्दै उत्कृष्ट महिला खेलाडी बनेकी हुन् ।

नेपाल महिला साफ च्याम्पियनसिपमा उपविजेता हुँदा सर्वाधिक गोल गरेकी भण्डारीले नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यस्तै उनले भारतको लिग हिरो गाल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान गरेकी थिइन् ।

उनले घरेलु तथा विदेशी लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

कसले कुन अवार्ड जिते ? 

वर्ष उत्कृष्ट पुरुष खेलाडी

युकेश गुरुङ (पाराग्लाइडिङ)

वर्ष उत्कृष्ट महिला खेलाडी

सावित्रा भण्डारी (फुटबल)

वर्ष उत्कृष्ट युवा खेलाडी

अजितकुमार यादव (एथलेटिक्स)

वर्ष उत्कृष्ट प्रशिक्षक

योगेश भट्टराई (प्याराग्लाइडिङ)

पिपुल्स च्वाइस अवार्ड

रेश्मा भण्डारी (भलिबल)

स्पेसल अवार्ड

रोहित चन्द (फुटबल)