काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सुनौलो संसार म्यानेजमेन्टको आयोजनामा ‘फेस अफ प्लस टु’को पहिलो संस्करण सफलता पछि दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको आज राजधानीमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो ।


ADVERTISEMENT


छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने सुनौलो संसार नेपालका सिइयो नारायणबहादुर थापाले बताए । थापाले प्लस टु दिएर बसेका विद्यार्थीहरुमा रहेको प्रतिभा निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका गर्न लागिएको बताए ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको शिर्ष विजेताले ६० हजार नगदसहित विभिन्न अवसरहरु प्राप्त गर्नेछन् । त्यस्तै शीर्ष विजेता सहित फष्ट र सेकेण्ड रनरअपले ग्रेस कन्सलटेन्सी बाट अष्ट्रेलियाका लागि फ्रि भिसा प्रोसेसिङ, फ्रि एयर टिकट, फ्रि आइ इल टि एस कलास प्राप्त गर्ने कन्सलटेन्सीका सिओ एन्ड्र पौडेलले जानकारी गराए ।

यसैगरी शिर्ष बिजेताले सिन्धुपाल्चोकमा रहेको माउन्टेन भ्यु रिसोर्टमा चार जनाका लागि एक रात र दुई दिन बस्न र खानाको व्यवस्था, फष्ट रनरअपले तीन जनाको लागि र सेकेण्ड रनरअपले दुई जनाका लागि यो सुविधा प्राप्त गर्नेछन् । त्यस्तै शिर्ष विजेतासहित फष्ट र सेकेण्ड रनरअपले हट ओयब सलुसनबाट फोटोग्राफी ट्रेनिङ, व्याचलर पढनका लागि स्कोलरसिप, एडी चामुण्डा इन्स्टििच्युट जोरपाटीबाट टियुसन क्लास, फलाइ टेक इन्टरनेशनलबाट एयर होस्टेजको ट्रेनिङ लगायतका विभिन्न सुविधा प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विजेता तथा छनोटमा पर्न सफल भएकाले आश म्युजिक कम्पनीबाट म्युजिक भिडियोमा डेब्यु गर्न सक्नेछन् ।