काठमाडौँ – अनेरास्ववियूले एक महिने ‘ग्रीन एण्ड क्लिन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ। जननेता मदन भण्डारीको ६८औँ जन्मदिवसको अवसरमा अनेरास्ववियूका अध्यक्ष ऐन महरले वृक्षरोपण गरेका छन्। नेपाल सरकारले असार १४ गतेलाई बृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेसँगै आज देशभर वृक्षरोपण गरिएको छ।


ADVERTISEMENT


यसै सन्दर्भमा अनेरास्ववियूले ललितपुरको सातदोबाटो स्थित महालक्ष्मिस्थानदेखि एकान्तकुना सडक खण्डमा बृक्षरोपण गरेको छ। अध्यक्ष महरका अनुसार अनेरास्ववियूले साउन अन्तिम सातादेखि एक महिने ग्रीन एण्ड क्लिन नेपाल अभियान सञ्चालन गरिनेछ।


ADVERTISEMENT

# # #


अध्यक्ष महरले, भने ‘मुलुकका ७५३ ओटै स्थानिय तहमा ४० लीस हजार स्वयंसेवक परिचालन गरेर ५० लाखको संख्यामा बृक्षारोपण गर्नेछौं र अनेरास्ववियू रचनात्मक आन्दोलनको पर्याय हो भन्ने मान्यतालाई पुनस्थापित गर्नेछौं। त्यसैले सम्पुर्ण साथिहरूमा सहयोगको लागि हार्दिक अपिल गर्दछु।