काठमाडौँ – एनआईसी एशिया बैंक र पर्साको वीरगञ्जस्थित नारायणी वयोधा हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।


ADVERTISEMENT


बिहीबार भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।