एजेन्सी – विश्वकप क्रिकेटमा मंगलबार दुई चिरप्रतिद्वन्द्वी आमने सामने भए । ऐतिहासिक लर्डस् मैदानमा अष्ट्रेलिया र आयोजक इङ्ल्याण्डबीच भएको खेललाई जारी विश्वकपको सबैभन्दा बलियो खेलका रुपमा लिइएको थियो ।


ADVERTISEMENT


सेमिफाइनलका लागि संघर्ष गरिरहेका यी दुई टिमका लागि यो जित एकदमै आवश्यक थियो । जसमा अष्ट्रेलिया अफर रह्यो । अष्ट्रेलिया इङ्ल्याण्डलाई ६४ रनले हराउँदै सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो । यस्तै मंगलबारको हारसंगै इङ्ल्याण्डका लागि सेमिफाइनलको यात्रा मुस्किल भएको छ ।


ADVERTISEMENT

# # #


उसको ७ वटा खेलमा मात्र ८ अंक रहेको छ । अन्तिम चारमा स्थान बनाउनका लगि उसलाई बाँकी दुबै खेल जित्नुपर्ने बाध्यता रहेको छ । बाँकी दुई खेल न्यूजिल्याण्ड र भारतसां भएकाले इङ्ल्याण्डलाई जित निकाल्न त्यती सहज भने पक्कै छैन ।

स्टार्कको खतरनाक योर्कर

अष्ट्रेलिया र इङ्ल्याण्डबीचको खेलमा सबैभन्दी बढी चर्चा अष्ट्रेलियाली तीव्र गतीबा बलर मिचेल स्टार्कको खुब चर्चा भयो । उनले अष्ट्रेलियालाई सेमिफाइनल पुर्याउन महत्वपूर्ण योगदान दिए । उत्कृष्ट योर्करबाट नै उनले इङ्ल्याण्डको अन्तिम आशाका रुपमा रहेको बेन स्टोकलाई ८९ रनमा बोल्ड आउट गरे । जुन यो खेलको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो ।

जतिबेला इङ्ल्याण्डलाई ७९ बलमा १०९ रन चाहिएको थियो । जसका लागि उसंग पाँच विकेट बाँकी नै थियो । ३७ ओभरको अन्तिम बलमा स्टार्कले पिचमा जमेका स्टोक्सलाई योर्कर बल फाले जुन अष्ट्रेलियाका लागि महत्वपूर्ण बल साबित भयो । स्टोक्स बोल्ड हुन पुगे । २८५ को लक्ष्य पच्छ्याइरहेको इङ्ल्याण्डले खराब सुरुवात गरेको थियो । तर स्टोक्सले टिमको इनिङलाई सम्हालेर ल्याएका थिए । जुन जितमा परिणत हुन सक्थ्यो । तर स्टार्कको उक्त योर्करका अघि स्टोक्स हेरेको हेर्यै भए ।

क्रिकेट एक्सपर्ट हर्षा भोगलेले यही बललाई निर्णयक मान्दै ट्वीटरमा लेखेका छन्, ‘मिचेल स्टार्कले बेन स्टोक्सलाई फालिएको त्यो सबैभन्दा शानदार योर्कर थियो । यो त्यही बल थियो, जसले अष्ट्रेलियालाई सेमिफाइनल पुर्यायो ।’