काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका विषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद, मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका विषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गरेका थिए ।

राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा ,साँसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राखे ।

यस्तै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका विषयमा आफ्नो धारणा राखेका थिए ।

जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताएका छन् ।