काठमाडौँ – नेपाल परिवार दलले संसदमा आफ्नो दललाई सहभागी गराउन माग गरेको छ । एक साता लामो युरोप भ्रमण सकेर आइतबार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई भेट्दै दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले संसदमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने माग गरेका हुन् ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ढकालले नेपाल परिवार दलले गत निर्वाचनका बेला वाम गठबन्धनलाई सघाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । वाम गठबन्धनसंग तीन बुँदे सहमति गरेको स्मरण गराउँदै ढकालले प्रधानमन्त्री ओलीलाई उक्त सहमति कार्यान्वयन गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त सहमतिमा निर्वाचन परिवार दललेमा सूर्य चिन्हलाई समर्थन गर्ने र त्यसबापत नेकपाले संसदमा आफ्नो दललाई प्रतिनिधित्व गराउने सहमति भएको ढकालको दाबी छ ।

प्रधानमन्त्री ओलीले त्यस विषयमा सचिवालयमा छलफल गरेर निर्णय गर्ने बताएको उनको भनाई छ । परिवार दलले उक्त बिषयमा नेकपा का अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाइ पनि ध्यानाकर्षण गरिने जनाएको छ ।

ढकाल तिनै हुन्, जसले गत मंसिरमा काठमाडौंमा एसिया प्यासिफिक समिटका नाममा विवादास्पद कार्यक्रम गरेका थिए ।