काठमाडौँ – गुल्मी जिल्लाका पूर्व महासमिति सदस्य ७९ वर्षीय खड्गबहादुर खत्रीको निधन भएको छ । काठमाडौँको हात्तिगौडा स्थित छोरीको निवासमा उनको शुक्रकार निधन भएको हो ।


ADVERTISEMENT


गुल्मीको धुर्कोट किमुखर्कमा १९९७ मा जीन्मका खत्री २०१७ मा प्रजातन्त्रको बलात् अपहरण भएपश्चात त्यसको विरोधमा संघर्षमा उत्रिएका थिए । सशस्त्र संघर्ष, २०२७ मा नेपाल विद्यार्थी संघको स्थापना तथा तत्पश्चात लोकतान्त्रिक आन्दोलनहरुमा उनी सक्रिय रुपले सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


स्वर्गीय खत्रीले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुको नजिकमा रहेर कार्य गरेका थिए। नेपाली कांग्रेसद्वारा संचालित आन्दोलनहरु र लोकतन्त्र स्थापनाका लागि संघर्षरत रहँदा उनले करीब ७ वर्ष जेलजीवन र करीब ७ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए ।

वि.सं. २०२७ मा गठित नेपाल विद्यार्थी संघको दोस्रो कार्यसमितिमा सदस्य तथा पार्टीको एघारौँ महाधिवेशनमा उनी महासमिति सदस्य भएका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।