काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार वामपन्थी नभई द्रव्यपन्थी भएको आरोप लगाएका छन् । बिहीबार रिपार्टर्स क्लबमा बोल्दै अध्यक्ष लोहनीले गुठी विद्येयकमार्फत सरकारले व्यवसाय गर्ने दाउ राखेको जिकिर गरे ।


ADVERTISEMENT


उनले गुठी विद्येयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरि हजारौं रोपनी/विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए । उनले भने, ‘सरकार यसमा राजनीतिकरण गर्ने दाउमा छ ।’


ADVERTISEMENT

# # #


उनले सरकारले संसदमा टेवुल गराएको उक्त विद्येयक जे–जसरी भएपनि फिर्ता लिनुपर्ने सुझाव दिए । विद्येयक फिर्ता नगरे आफूहरुपनि सडक आन्दोलनमा उत्रिने उनको चेतावनी छ ।

उनले हाल जुन रुपमा ऐन आएको छ त्यो राष्ट्रघाती रहेको टिप्पणी गरे । आफ्नो पार्टीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलाई समर्थन नगर्ने पनि लोहनीले स्पष्ट पारे । त्यस्तै बहुचर्चित र विवादित ललिता निवास प्रकरणबारे टिप्पणी गर्दै लोहनीले यदि मुआब्जा बुझेको हो भने नेपाल सरकारको नाममा जग्गाको लालपुर्जा आउनुपर्ने धारणा राखे ।