काठमाडौँ – कामना सेवा विकास बैंकले प्रदेश नं. १ को झापामा दुईवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा बिहीबार शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।


ADVERTISEMENT

# # #


उनले देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बैंकले देशभर ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।