विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । बुधबार भएको खेलमा डेभिड वार्नरले शतक हानेपछि अष्ट्रेलियाले तेस्रो जित हात पारेको हो ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने मैदानमा आएको पाकिस्तानको पूरै टोली ४५.४ ओभरमा २६६ रनमा समेटिएपछि नतिजा अस्ट्रेलियाको पक्षमा गयो।


ADVERTISEMENT

# # #


पाकिस्तानका लागि इमाम उल हकले ५३, मोहम।मद हफीजले ४६, वहाब रियाजले ४५ तथा कप्तान सरफराजले ४० रनको पारी खेलेका थिए।

अस्ट्रेलियाका लागि प्याम कमिङ्सले ३ विकेट लिए भने मिचेल स्टार्क र के रिचर्डसनले समान २-२ विकेट लिए। यसैगरी कुल्टर लाइल र कप्तान एरोन फिन्चले पनि १-१ विकेट लिए।

त्यसैगरी पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि डेविड वार्नरले १०७ रनको शतकिय पारी खेले भने कप्तान एरोन फिन्चे ८२ रन जोडे।

पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वाधिक पाँच विकेट लिए। उनले १० ओभर बलिङ्, गर्दै २ मेडन सहित ३० रनमा सो विकेट लिएका हुन्। यसैगरी शाहीन शाह तथा अफ्रिदीले २-२ विकेट लिएका थिए भने र मोहम्मद हफिज, वाहज रियाज र हसन अलीले एक–एक विकेट लिए।

जितसँगै अस्ट्रेलिया अंक तालिकाको दोश्रो स्थानमा उक्लेको छ। ४ खेलमा ३ मा जित हासिल गरेको अस्ट्रेलियाले ६  अंक जोडेको छ। यस्तै समान खेल खेल्दै पाकिस्तान १ जित २ हार तथा १ बराबरीसहित आठौं स्थानमा रहेको छ। उसले ३ अंक जोडेको छ।

अंक तालिकाको शीर्ष स्थानमा ३ मा ३ जित सहित न्यूजिल्याण्ड रहेको छ। ३ खेलबाट न्यूजिल्याण्डको ६ अंक रहेको छ।