काठमाडौं – नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।


ADVERTISEMENT

# # #


‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित कूल ७० जना कर्मचारीहरूले रक्तदान गरेका छन् ।

१९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई सधन्यवादसहित हार्दिक आभार प्रकट गरे ।

‘सानो आकारबाट शुरु भएको आइएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित भएको छ ।’ उनले भने, ‘आइएमईले आर्जन गरेको शाख र प्रतिष्ठा तपाईंहरु सबैको अथक मेहनत र सद्भावको परिणाम हो ।’ ।