काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागूहुनेगरी निगमले मूल्य घटाएको हो।


ADVERTISEMENT


निगमले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको उपनिर्देशक विनिमणी उपाध्यायले जानकारी दिए। उनका अनुसार अवदेखि  काठमाडौंको (थानकोट डिपोको १५ कि.मि. परिसरसम्म) पेट्रोलको नयाँ खुद्रा विक्री मूल्य ११० रुपैयाँ हुने छ।


ADVERTISEMENT

# # #


खाना पकाउने ग्यास,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।