भक्तपुर – डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्दा एक जना चालक पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिकामा १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनाम पार्न खोज्ने ४० वर्षीय बाबु कृष्ण रोक्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.६७ प १३३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रोक्काले मादक पदार्थ सेवन गरेको पाएको थियो । मापसे गरेको प्रमाणित भएपछि रोक्काले कारवाहीबाट बच्न प्रहरीलाई घुस दिन खोजेका थिए ।


ADVERTISEMENT

# # #


रोक्कालाई नियन्त्रणमा लिने क्रममा उनका साथी बा९५ प ६४१२ नम्बरको स्कुटर चालक सोही स्थान बस्ने २६ वर्षीय सुमन थापाले प्रहरीमाथि अभद्र व्यवहार गरेकोले थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनले समेत मादक पदार्थ सेवन गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।