काठमाडौँ – इङल्याण्डमा जारी विश्वकप क्रिकेटमा पाकिस्तानले सुधारिएको ब्याटिङ गरेको छ । पहिलो खेलमा वेष्टइण्डिज विरुद्ध १०५ रनमै अलआउट भएको पाकिस्तानले सोमबार आयोजक इङल्याण्डविरुद्ध भने विशाल चुनौति गरेको हो ।


ADVERTISEMENT


ट्रेन्ट ब्रिज टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रनको योगफल तयार गर्यो । घरेलु टिमलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा मोहम्मद हफिजले सर्वाधिक ८४ रन बनाए । त्यसक्रममा उनले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै बाबर आजमले ६३, सरफराज एहमदले ५५, इमाम उल हकले ४४ तथा फखार जमानले ३६ रन बनाए।


ADVERTISEMENT

# # #


राम्रो सुरुवात दिलाउने क्रममा इमाम र फखारले पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। यस्तै तेश्रो विकेटको लागी मोहम्मद हफिज र बबर आजमले ८८ रनको , चौथो विकेटको लागि हफिज र सरफराज एहमदले ८० रनको साझेदारी गरेपछि पाकिस्तानले विशाल योगफल बनाएको हो ।

इंग्ल्याण्डका लागि मोइन अलि र क्रिस्टोफर ओएक्सले समान ३ ३ विकेट लिए । मोइनले १० ओभरमा ५० रन खर्चिए भने निकै महंगो बनेका ओएक्सले ८ ओभरमा ७१ रन खर्चिए । यस्तै मार्क उडका नाममा २ विकेट रह्यो ।

उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको इङल्याण्ड विजयी यात्रा जारी राख्न चाहन्छ भने पहिलो खेलमा हार व्यहोरेको पाकिस्तान पहिलो जित निकाल्ने दाउमा रहेको छ ।