एजेन्सी – आफ्नो बलिङ कौशलले तहल्का मच्चाइरहेका दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिर अहिले इङल्याण्डमा जारी क्रिकेट विश्वकप खेल्दैछन् । विपक्षी ब्याट्सम्यानको विकेट लिएपछि जसरी उनी रोचक तरिकाले खुसी मनाउँछन्, त्यो भन्दा रोचक त उनको क्रिकेट यात्रा छ । पाकिस्तानमा जन्मिएर त्यतै हुर्किएका ताहिर अहिले दक्षिण अफ्रिकाबाट क्रिकेट खेल्छन् । पाकिस्तानबाट कसरी दक्षिण अफ्रिका पुगे त ताहिर ? जान्नुहोस् उनको रोचक कहानी :


ADVERTISEMENT


यदि उनको जीवनमा एक युवती नआएकी भए सायद उनी अहिले पाकिस्तानको जर्सी लगाएर दक्षिण अफ्रिकाविरुद्ध मैदानमा उत्रिरहेका हुँदाहुन् । तर, एउटा युवतीको प्रेमले उनलाई आफ्नै जन्मभूमिविरुद्ध खेल्नुपर्ने अवस्था सिर्जना गरिदियो । युवतीको प्रेमले नै उनी अहिले दक्षिण अफ्रिकाका लागि खेलिरहेका छन् ।


ADVERTISEMENT

# # #


आइपीएलको खेलपछि छोरासंग इमरान ।

इमरान एक युवतीसंग प्रेममा परेका थिए । उनलाई पच्छ्याउने क्रममा बेलायतको बाटो हुँदै दक्षिण अफ्रिका पुगे । पाकिस्तानको प्रतिनिधित्व गर्दै सन् १९९८ को यू १९ विश्वकप खेल्न दक्षिण अफ्रिका गएका ताहिर उतै मायामा परे । खेलका दौरान उनी भारतीय मूलकी दक्षिण अफ्रिकी सुमया दिलदारलाई पहिलो पटक देखे र त्यतिबेला नै आफ्नो जीवन साथीको रुपमा मनमा सजाए ।

‘मैँले इम्मी (इमरान)लाई आमाबुवासंग यू-१९ विश्कप हेर्न गएको बेला पहिलो पटकमा देखेकी हुँ । त्यतीबेला साउद उनले मलाई नोटिस गरेछन् ।’ ताहिरसंगको भेटलाई सम्झिँदै सुमया भन्छिन्, ‘दुई दिनपछि उनीहरु लाहोर फर्किँदै थिए । त्यतीबेला पनि मैँले उनलाई एयरपोर्टमा देखेकी थिएँ । त्यसपछी हामी सँधै सम्पर्कमा रह्यौँ । उनले मेरो आमाबुवासंग कुरा गरे त्यसपछि हामीले बिहे गर्यौँ ।’

सुमयाप्रति ताहिर यति एकोहोरो भए कि पाकिस्तान छाडेर दक्षिण अफ्रिका बस्ने निर्णय पनि सजिलै गरे । त्यतै सुरु गरे क्रिकेटिङ करियर  । ताहिरले सुमयासंग २००६ मा विवाह गरे । २०११ मा दक्षिण अफ्रिकाका लागि राष्ट्रिय टिममा डेब्यू गर्नुभन्दा पहिले उनले नागरिकता प्राप्तिका लागि दुःख गर्नुपर्यो । त्यसपछि पनि राम्रो खेल्दा खेल्दै पनि टिममा परेनन् । तर, निरन्तरको उत्कृष्ट प्रदर्शनका अगाडि उनलाई कसैले रोक्न सकेनन् ।

यहाँसम्म आइपुग्दा उनले २५ वटाभन्दा अलग फ्रन्चाइजी टिममा रहेर क्रिकेट खेलेका छन्। भर्खरै सम्पन्न इण्डियन प्रिमियर लिगमा चेन्नईका लागि खेलेका ताहिरले उक्त प्रतियोगिता उत्कृष्ट बलिङ गरे ।